काठमाडौं : प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर ६ दिने भ्रमणका लागि बंगलादेश प्रस्थान गरेकी छन्। बंगलादेशको राजधानी ढाकामा हुने पत्रकार महिलाको सम्मेलनमा सहभागी हुन उनी शनिबार बिहान त्यसतर्फ लागेकी हुन्।
इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद् सँगको सहकार्यमा वैशाख २८ मा आयोजना गरेको कार्यक्रममा उपसभामुख रानाले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नेछिन्।
उनले कार्यक्रममा पछिल्लो समयमा मिडियाका क्षेत्रदेखि साझा समस्या र चुनौती, सामाजिक तथा सांस्कृतिक दृष्टिकोण र दक्षिण एसियाभरि जिम्मेवार पत्रकारितामा महिलाको निर्णायक भूमिकामा केन्द्रित रहेर सम्बोधन गर्ने कार्यक्रम छ।
उपसभामुख राना जेठ १ गते स्वदेश फर्कने छिन्।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया