Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

कुष्ठरोगलाई कानूनमै महारोगको परिभाषा गर्नु लज्जास्पद : उपसभामुख राना

 

काठमाडौँ : प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानूनले विभेद गर्नु लज्जास्पद भएको बताएकी छन्।

काठमाडौँमा जारी कुष्ठरोगसम्बन्धी अन्ताराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपसभामुख रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिनु लज्जास्पद भएको बताइन्। उनले लोकतान्त्रिक व्यवस्थाले कानून परिष्कृत गर्नुपर्नेमा अझै कुष्ठ रोगीमाथि विभेद गर्नु लज्जास्पद भएको बताइन्।

नेपालमा दुई लाखभन्दा बढी कुष्ठरोगी दर्ता भए पनि सबैले सामाजिक भत्ता पाउन नसक्नु दुःखद भएको उनको भनाइ छ। समाजले कुष्ठ रोगीलाई महारोग भनेर छिछि र दुर्दुर गर्दा रोगीहरू मानसिक समस्यामा पुग्ने गरेको बताइन्।

कुष्ठरोग औषधिको सेवनपछि पूर्णरूपमा ठिक हुने भएकाले रोगीलाई महारोग भनेर तर्साउन नहुने उनको भनाइ छ। उनले कुष्ठरोगीका लागि पनि कुनै सिर्जनात्मक वातावरण बनाई सरकारले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिइन्।

रानाले भनिन्, ‘मुलुकी देवानी संहितामा अहिले पनि महारोग भनेर परिभाषित गर्दा मलाई लज्जास्पद लाग्यो। हामी कहाँ रहेछौँ अहिलेसम्म? कानूनले विभेद गर्नु लज्जास्पद भयो। दुई लाखभन्दा बढी दर्ता भएको छ तर ३० हजारले अशक्ततामा सामाजिक सुरक्षाभत्ता रहेछ‚ त्यो पनि दुःख लाग्दो कुरा हो। जब हामी नाम दिन्छौँ नि महारोग भनेर त्यत्तिकै मान्छे तर्सिन्छ, डिप्रेसनमा जान्छ मानसिक समस्या हुन्छ। धेरै जना मानसिक समस्या भएको पनि मैले पाएकी छु।’

उपसभामुख रानाले कुष्ठ रोगीहरूको आवाज संसद्‌सम्म पुग्नुपर्ने बताइन्। कुष्ठरोगसम्बन्धी विधेयक ल्याउन आफूले सहयोग गर्ने उनको भनाइ छ।        थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP