Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

अराजक रूपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउन आवश्यक : मन्त्री गुरुङ

 

काठमाडौँ : सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रूपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउन आवश्यक रहेको बताएका छन्।

नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। उनले अनलाइनको माध्यमबाट अफवाह फैलाइरहेको भन्दै धार्मिक, राजनीतिक र राज्यशक्तिमाथि अराजक किसिमबाट सामाजिक सञ्जालको प्रयोग हुने गरेको बताए। यसले प्रेसलाई बदनाम गर्ने काम गरिरहेको उल्लेख गरे।

प्रेस स्वतन्त्रता बलियो भएमात्रै प्रजातन्त्र बलियो हुने बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रेसको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै प्रेस जगत्‌ले जलवायु परिवर्तनबाट उत्पन्न समस्या र यसले विकास निर्माण र समाजमा पारेको असरबारे नागरिकलाई सुसूचित गर्नुपर्ने बताए।

मन्त्री गुरुङले भने, ‘जहाँ गणतन्त्र बलियो हुन्छ, त्यहाँ प्रेस स्वतन्त्रता बलियो हुन्छ। प्रेस स्वतन्त्रताले जनता र व्यवस्थालाई के दियो ? तर आज अनलाइनको माध्यमबाट जुन किसिमको अफवाह फैलाइरहेको छ। धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक तरिकाले सोसल मिडिया प्रयोग गरेर प्रहार गर्ने जुन परिपाटी बढेको छ। यसले प्रेसलाई बदनाम गर्ने काम भइरहेको छ। त्यसैले सोसल मिडियालाई अंकुश लगाउनु नै आजको आवश्यकता हो।’

मन्त्री गुरुङले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ले हिमाली क्षेत्र लोमान्थाङमा पुगेर जलवायु परिवर्तनले पारेको असरबारे समिटबाट प्राप्त सुझावले आफूहरूलाई यसबारेमा सोच्न दबाब पार्ने बताए।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP