Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

आगामी निर्वाचनमा माओवादी एक्लै लड्छ : प्रचण्ड

 

पाँचथर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र आर्थिक सुधारका अभियानहरू सञ्चालन गरेको मन नपरेर बिचौलियाहरुले आफू नेतृत्वको सरकार ढालेको दोहोर्‍याएका छन्। पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित ‘विशाल जनसभा’लाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

विगतमा पटक–पटक भ्रष्टाचारविरोधी अभियान चलाउँदा आफ्नो सरकार ढलेको बताउँदै आएका प्रचण्डले फेरि शनिबार भने, ‘जनताको पक्षमा र विचौलिया तथा दलालहरूको विपक्षीमा काम गर्दा दलालहरूलाई मन परेन, त्यसैले अपारदर्शी ढंगले रातारात सरकार ढालियो।’

अध्यक्ष प्रचण्डले विगतमा कांग्रेस एमालेसँग मिल्दा उनीहरू जस्तै भएको भन्दै अब भने आफ्नै खुट्टामा उभिने पनि बताए। ‘हामी पटक–पटक कांग्रेस र एमालेसँग मिल्यौँ, जसका कारण हामी पनि उनीहरू जस्तै देखियौँ’, उनले भने, ‘अब भने हामी मिल्ने छैनौं। हामी आफ्नै खुट्टामा उभिएर अघि बढ्नेछौँ।’

स्थानीय तह, स्ववियु निर्वाचन, पत्रकार महासंघलगायतका पछिल्ला निर्वाचनमा माओवादी केन्द्रले उल्लेखनीय परिणाम ल्याएको जनाउँदै उनले आगामी निर्वाचनमा पार्टी एक्लै अगाडि बढ्ने र जनताको पक्षमा सुरु गरिएका कामलाई निरन्तरता दिइने बताए।

सभामा बोल्दै प्रचण्डले देशका विभिन्न भौगोलिक क्षेत्रलाई आपसमा जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, र देशभरका उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियानहरू माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएको उल्लेख गरे।

भर्खरै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ पार्टीको मात्रै नभई जनताको अभियान बनेको निष्कर्ष पार्टीले निकाले सुनाउँदै केही दिनमै मध्यपहाडी अभियान सुरु हुने बताए। बैतडीबाट भए पनि पाँचथरको शनिबारको कार्यक्रम सोही अभियानको पूर्वसञ्चार भएको उनले अर्थ्याए।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP