Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

‘प्रचण्डको बोलीमा तथ्य होइन कुण्ठा मात्र देखियो’

 

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बोलीमा तथ्य होइन कुण्ठा मात्र देखिएको टिप्पणी गरेका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै महासचिव पोखरेलले सरकारले राम्रो काम गरिरहँदा प्रचण्डमा पीडा र छटपटी बढेको टिप्पणी गरेका हुन्।

‘प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ? यी तथ्यहरूले तपाईँको बोलीमा तथ्य होइन कुण्ठा मात्र देखिन्छ’, उनले लेखेका छन्, ‘तपाईँ प्रधानमन्त्री हुँदाभन्दा राजस्वमा उल्लेख्य वृद्धि भएको छ।’

पोखरेल आफूहरूको सरकार बनेपछि विदेशी मुद्राको सञ्चिति बढेको, शोधनान्तर स्थितिमा उल्लेख्य बचत भएको र निर्माण व्यावसायीलाई अघिल्लो सरकारले दिन नसकेको भुक्तानी प्रदान गरेको दाबी गरेका छन्। उनले बैंकको तरलता वृद्धि भएको र व्याजदर घटेको तथा लगानी वृद्धि हुन थालेकोसमेत दाबी गरेका छन्।

अहिलेको सरकारको कामको फेहरिस्त प्रस्तुत गर्दै उनले प्रचण्डलाई भनेका छन्, ‘उपरोक्त कारणले नै तपाईँको पीडा र छटपटी बढेको देखिन्छ। होइन र!’  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP