Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली

 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानले युद्ध हुन नदिन संयमता अपनाएको भन्दै धन्यवाद दिएका छन्।

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले युद्धमा जान नदिन आफूहरूले गरेको आग्रह सुनुवाइ भएको भन्दै खुशी व्यक्त गरे।

‘झण्डै झण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन। संयमका लागि धन्यवाद छ।’ ओलीले भने, ‘हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस्। यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्‍यौं, उहाँहरूसँग पनि कुरा गर्‍यौं । नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही केही आरोप प्रत्यारोपको स्थिति छ।’

बुद्धका शिक्षा, उपदेशको विस्तारका लागि र तिनको अझ बढी व्यवस्थित बुझ्ने र बुझाउने प्रयासका लागि, खोज अध्ययन अनुसन्धानका लागि सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना गरेको उनको भनाइ थियो।

‘विश्वविद्यालयले बुुद्धिजमको सन्दर्भमा खोज अध्ययन र अनुसन्धानका ध्यान दिनेछ र यसमा महत्वपूर्ण योगदान पुर्याउने छ भन्ने विश्वास लिएको छु।’ उनले भने।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP