Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा विकास गर्न माग

काठमाडौँ : नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले जनकपुरधामलाई अन्ताराष्ट्रिय विवाह गन्तव्यका रूपमा विकास गर्न माग गरेकी छन्।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सांसद महतोले यस्तो बताएकी हुन्। उनले सीता–राम विवाहस्थलको धार्मिक पहिचानलाई प्रवर्धन गर्दै जनकपुरधामलाई अन्ताराष्ट्रियस्तरको धार्मिक पर्यटन केन्द्र बनाउने स्पष्ट योजना, प्रभावकारी व्यवस्थापन र समुचित बजेटको आवश्यकता औंल्याइन्।

उनले जनकपुरधामलाई ‘विवाह गन्तव्य’को रूपमा विकास गर्न आवश्यक बजेट विनियोन माग गरिन्। विश्वभरका हिन्दुधर्मावलम्बीको आस्था र श्रद्धाको केन्द्र जनकपुरधामलाई अन्ताराष्ट्रियस्तरको धार्मिक पर्यटनस्तरको विकास गर्नुपर्ने उनको माग छ।

महतोले भनिन्, ‘जनकपुरधामलाई ऐतिहासिक धार्मिक र सांस्कृतिक महत्वअनुसार अन्ताराष्ट्रिय विवाह गन्तव्यका रूपमा विकास गर्न अब निर्णायक कदम चाल्न आवश्यक छ। सीता–राम विवाहस्थलका रुपमा यसको पहिचानलाई प्रवर्धन गर्दै जनकपुरधामलाई विवाह गन्तव्य र धार्मिक पयर्टन केन्द्र बनाउन समुचित बजेटको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्न चाहन्छु।’

सांसद महतोले आन्तरिक रोजगारी प्रवर्धन गर्न बन्द रहेका उद्योग र कलकारखाना सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन्।                      थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP