काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांगठनिक अभ्यास, राजनीतिक सुधार र कार्यविधि परिवर्तन गर्न सरकारलाई सुझाव दिएका छन्।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद झाले वर्तमानको आवश्यकता र सरकारको प्राथमिकता फरक भएको भन्दै सुशासनको विषयमा जोड दिन आग्रह गरेका हुन्।
उनले हामीलाई ५/१० दिनमा लाइसेन्स चाहिएको भए पनि सरकारले पानी जहाज कार्यालय उद्घाटनको काम गरिरहेको बताए। देशमा सुशासन सुधार गर्नुपर्ने अवस्थामा सरकारले भने अर्कै सपना देखाउने गरेको उनको भनाई छ। सरकारको आकार ठूलो भएको बताउँदै उहाँले संघीयताको सवलीकरणका लागि धेरै संस्था खोल्न बन्द गर्नुपर्ने बताए।
उनले सुशासन नसुधारि जनतालाई पानी जहाज र मोनोरेलको सपना देखाएरमात्र नहुने बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया