Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

रवीन्द्र मिश्रलाई अदालत उपस्थित गराउन आदेश, रविको मुद्दा फेरि हेर्न नमिल्नेमा

 

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालत उपस्थित गराउन आदेश दिएको छ।

उनकी पत्नी सारिका कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले यस्तो आदेश दिएको हो।

इजलासले कारण देखाउ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित मिश्रलाई अदालतमा उपस्थित गराउन भनेको हो।

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि गरेको भन्दै प्रहरीले मिश्रलाई पक्राउ गरेको हो। उनी डेढ महिनादेखि प्रहरी हिरासतमा छन्।​

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा भने बुधबार पनि हेर्न नमिल्नेमा परेको छ। न्यायाधीशद्वय डा.नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा परेको हो।

सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट र थुनामा पठाउने उच्च अदालतको आदेश बेरितको भन्दै दायर मुद्दा बुधबार पेशी तोकिएको थियो।

सँगै राखिएको पूर्वडीआइजी छविलाल जोशीको मुद्दा पहिला न्यायाधीश मुसलमानले हेरेका कारण लामिछानेको मुद्दा हेर्न नमिल्नेमा परेको सर्वोच्चका सहायक प्रवक्ता एवं उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिए। रविको मुद्दा लगातार हेर्न नमिल्नेमा पर्दै आएको छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP