खोटाङ : खोटाङमा रास्वपाका पालिका सभापति एमालेमा प्रवेश गरेका छन्।
रास्वपाको रावाबेँसी गाउँपालिका सभापति कृष्ण पाण्डे एमाले प्रवेश गरेका हुन्। बैसाख ३१ गते डुम्रेधारापानीको धैरेनीटारमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलाको अवसरमा पाण्डे एमाले प्रवेश गरेका हुन्।
नवप्रवेसी पाण्डेलाई एमाले पोलिटव्युरो सदस्य एवं खोटाङ इन्चार्ज विशाल भट्टराईले पार्टीमा स्वागत गरेका थिए।
पाण्डेले रास्वपाको सिंगो पालिका कमिटि एमालेमा समाहित भएको बताएका छन्। नयाँ भनिएकाहरु बिभिन्न ठगीमा संलग्न भएका र राजनीतिमा अपरिपक्व रहेकोले मुलुकको नेतृत्व गर्न असमर्थ रहेको उनको भनाइ थियो।
कार्यक्रममा पोलिटव्युरो सदस्य भट्टराई सहित एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, एमाले नेता लिलानाथ निरौला, कौशिला गुरुङ, बाबुराम जोशी, वीरेन्द्र मगर, अनेरास्वबियुका जिल्ला अध्यक्ष बिष्णु उपरकोटी लगायतको उपस्थिति रहेको थियो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया