काठमाडौँ : सरकारले महाकाली नदीमा विगत वर्षहरूको मनसुनका कारण सिर्जित जोखिम र आगामी मनसुनमा हुन सक्ने जलप्रवाहजन्य जोखिम भएका कञ्चनपुरका विभिन्न स्थानलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
आज साविजनिक भएको मन्त्रिपरिषद बैठकका निर्णयमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ३, ८, ९, १० लाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयको सिफारिसका आधारमा उक्त घोषणा गरिएको हो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया