काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरूले विगतका कमजोरीलाई स्वीकार गरेर नयाँ धरातलबाट हिँड्नुको विकल्प नभएको बताएका छन्।
निर्मल लामा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौतीहरू’ विषयक विचार गोष्ठीमा उनले कम्युनिष्ट पार्टीहरूले आगामी दिनमा आफ्ना कमीकमजोरी सच्चाउँदै नयाँ धरातलबाट हिँड्नुपर्ने आवश्यकता औँल्याए।
उनले भने, “यदि हामीले वैज्ञानिक समाजवादतर्फको यात्रा हिँडेको हो भने समाजवादी क्रान्तिलाई सम्पन्न गर्न आधारभूत विषय सम्बोधन गर्नुपर्नेछ।” नेपाल पुँजीवादी व्यवस्थामा अगाडि बढिरहेको भए पनि वामपन्थी आन्दोलनको परिणामस्वरुप समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्वलगायत विषय संविधानमा समेटिएको उनले उल्लेख गरे।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालमा जनवादी क्रान्ति सम्पन्न भएकाले वामपन्थी शक्तिले वैज्ञानिक समाजवादलाई रणनीतिक लक्ष्य बनाएर त्यसको आधार तयार गर्नुपर्ने अहिलेको मुख्य दायित्व भएको बताए।
“अब हाम्रो यात्रा समाजवाद, समतामूलक, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्नु हो”, उनले भने, “अहिले पनि नेपाली राजनीति, सामाजिक परिवेश र अर्थतन्त्रमा नोकरशाही पुँजीवादको नियन्त्रण कायम छ, यो मुख्य चुनौती हो। उत्पादन वृद्धि, स्वाधीन अर्थतन्त्र, राष्ट्रिय पुँजीको विकास गरेर नोकरशाही पुँजीवादविरुद्ध लड्न सबै एकजुट हुनुपर्छ।” थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया