Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

कार्यकर्तालाई झोले र निजी क्षेत्रलाई बिचौलिया भनिएकोमा आपत्ति छ : मन्त्री भण्डारी

 

काठमाडौँ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेकपा एमाले नेता दामोदर भण्डारीले अहिले राजनीतिक कार्यकर्तालाई ‘झोले’ र निजी क्षेत्रलाई बिचौलिया र दलाल भन्ने गरिएको भन्दै आपत्ति जनाएका छन्।

काठमाडौँमा नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीसँगको अन्तरसंवादमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले उद्योगीहरूका माग र मुद्दा सम्बोधन गर्दा दलाल, बिचौलियासँग सरकारको मिलोमतो छ भन्ने गरिएकोप्रति आपत्ति जनाए। उनले अर्थतन्त्र चलायमान बनाउन सरकारले केन्द्र भागमा राखेर काम गरिरहेको उल्लेख गरे।

उनले अहिले राजनीतिक कार्यकर्ताहरूलाई ‘झोले’ र निजी क्षेत्रलाई बिचौलिया र दलाल भन्ने गरिएकोप्रति असन्तुष्टि जनाए।

मन्त्री भण्डारीले भने, ‘अहिले एउटा भाषा चलेको छ‚ राजनीतिक कार्यकर्ताहरूलाई झोले भन्ने, निजी क्षेत्रलाई बिचौलिया र दलाल भन्ने।’

मन्त्री भण्डारीले लगानी प्रवर्धनमा जोड दिन आवश्यक रहेको बताए। उनले जलविद्युत् क्षेत्रमा लगानीको वातावरण सुनिश्चित गरेको बताए। उनले सरकारले लगानीको क्षेत्र फराकिलो बनाएर अघि बढ्न खोजिरहेको बताए।    थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP