Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सरकार उल्टो बाटो हिँड्दैछ, तर हामी ढाल्दैनौँ : प्रचण्ड

 

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार उल्टो बाटो हिँडिरहेको टिप्पणी गरेका छन्।

प्रेस सेन्टरले शुक्रबार बिहान डडेल्धुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको आरोप लगाए। यस्ता गतिविधिमा आफूहरूले शुरुदेखि नै खबरदारी गरिरहे पनि सरकार परिवर्तनको खेलतर्फ भने नलाग्ने दोहोर्‍याए।

‘सरकारले सुशासन र हामीले शुरु गरेका कामलाई भत्काउने कामतर्फ लागेको छ। सरकार उल्टो बाटो हिँडेकोमा चिन्तित छौँ’, उनले भने, ‘खबरदारी गरिरहेका छौँ। तर, अहिले नै सरकार ढाल्ने खेलतिर छैनौँ।’

टेरामक्स प्रकरणको मुद्दा अभियोजनप्रति संकेत गर्दै प्रचण्डले सरकार आफ्नालाई जसरी पनि जोगाउने र विरोधीलाई ठेगान लगाउने बाटोमा हिँडिरहेको आरोप लगाए।

यस क्रमममा ठूला दलहरु सुदूरपश्चिम पुगेर लोकप्रिय कार्यक्रम घोषणा गर्ने तर पूर्व पुगेपछि बिर्सिने प्रवृत्ति बढेको भन्दै प्रचण्डलाई विगतका प्रतिबद्धता सम्झाउँदै पूरा नभएको बताएका थिए।

जवाफमा प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालय, कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह, कैलालीको गेटामा स्वास्थ्यविज्ञा विश्वविद्यालय बनाउने निर्णय आफ्नै कार्यकालमा भएको तथ्यतोडमोड नगरिदिन आग्रह गरे। ‘सुदूरपश्चिमलाई विकास नगरेसम्म नेपालमा समतामूलक विकास हुन सक्दैन भन्नेमा माओवादी दृढ छ’, प्रचण्डले भने।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP