Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह

 

काठमाडौँ : नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सेनाले मझौला उद्योग व्यवसायीहरूको ब्याज र हर्जाना छुट गरिदिन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आइतवारको बैठकमा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेटमा सरकारसँग उनीहरूको ब्याज र हर्जाना छुट गरिदिन माग गरेका हुन्। उनले देशभर रहेका मझौला उद्योग अहिले धेरै मारमा रहेको र सरकारले मिटरब्याजभन्दा पनि बढी हर्जाना तिराएको बताए।

हर्जाना र ब्याज तिर्न नसक्दा अहिलेसम्म १७ जना मझौला उद्योग व्यवसायीले आत्महत्या गरेको बताए।

तिमल्सेनाले भने, ‘देशभरमा रहेका मझौला उद्योगहरू, इँट्टाभट्टा लगायतका उद्योग अहिले धेरै मारमा छन्। उहाँहरूलाई मिटरब्याजभन्दा पनि बढी सरकारले हर्जाना र जरिबान गराउँदा उहाँहरूले कर तिर्न नसक्ने अवस्था छ। मझौला उद्योग गर्ने १७ जनाले आत्महत्या गरेका छन्। कम सेकम सरकारले हर्जाना र ब्याज छुट गरिदिने हो भने राजस्व पनि धेरै उठ्ने, करदाताले कर पनि तिर्नसक्ने र उद्योगहरू पनि सञ्चालन हुनसक्ने भएकाले यो हर्जाना र ब्याज छुट गरिदिन आग्रह गर्दछु।’

सांसद तिमल्सेनाले सरकारले हर्जाना र ब्याज छुट गर्नसके धेरै राजस्व उठ्ने पनि बताए।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP