Trending
अन्तर्राष्ट्रिय देश-विदेशमा नेपाली खाना प्रर्वद्धन गर्दै ‘सेफ’ कँडेल, असार १५ गते भोजनलिपि स्वाद चाख्न पाइने राजनीति देशको बृहत्तर हित गर्न एमाले र कांग्रेसबीच सहकार्य भइरहनुपर्छ : प्रदीप ज्ञवाली राजनीति ‘न्यायाधीश सिफारिस समावेशी भएन, न्याय परिषद्लाई संसदीय समितिमा बोलाऔँ’ flash सन्तरामको आँगनमा फक्रिएको शिक्षा flash मनसुनसहित तीन वायु थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना  flash रक्त बेचविखनको विरोधमा स्वयंसेवी आवाज flash भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो अन्तर्राष्ट्रिय कंगोमा डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु राजनीति प्रचण्डले भने : जनार्दनलाई पार्टी छोड्न भनेको छैन राजनीति शिक्षा मन्त्रालयको प्रस्ताव : एसईई नहटाऔं, तर प्रदेशबाट सञ्चालन गराैं

सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू

 

काठमाडौँ : सांसदहरूले सांसद विकास कोषका नाममा सांसदलाई बजेट बाँडेर बदनाम नगराउन अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रकुमार केसीले सांसद विकास कोषका नाममा सांसदलाई बदनाम नगर्न माग गगरेका हुन्।

सांसद कोषका नाममा ३४ अर्ब छुट्याउने तयारी भनी आएको समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले सांसदहरूका क्षेत्रका योजना पहिचानमा सहभागी गराउन आग्रह गरे।

चालु आवमा १४ खर्बको राजस्वको अनुमान गरिएकामा हालसम्म अहिलेसम्म साढे नौ खर्ब पनि नउठेकाले पपुलिष्ट बजेट नल्याउन पनि उनले सुझाव दिए।

बजेट निर्माणमा कर्मचारीको हालीमुहाली छ भन्ने चर्चा अहिले आएकाले यस्तो हुने वातावरण नबनाउन पनि उनले माग गरे। सांसद सूर्यप्रसाद ढकालले नेपाली युवालाई विदेश नपठाई स्वदेशमै उत्पादनमा लगाउनेगरी बजेटको व्यवस्था गराउनुपर्ने माग गरे।

कृषिप्रधान देश नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनेगरी बजेट आउनुपर्ने माग पनि उनको छ। सांसद रामकृष्ण यादवले नागरिकको अपेक्षाअनुसार सरकारको गति अघि बढ्नुपर्नेमा जोड दिए।

संसद् र सांसदको क्षमता एवं मूल्यमान्यता बढाउनुपर्ने भन्नुहुँदै उनले कृषि क्षेत्रमा बिचौलियालाई निरुत्साहित गर्नेगरी बजेट ल्याउन माग गरे।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP