Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू

 

काठमाडौँ : सांसदहरूले सांसद विकास कोषका नाममा सांसदलाई बजेट बाँडेर बदनाम नगराउन अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रकुमार केसीले सांसद विकास कोषका नाममा सांसदलाई बदनाम नगर्न माग गगरेका हुन्।

सांसद कोषका नाममा ३४ अर्ब छुट्याउने तयारी भनी आएको समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले सांसदहरूका क्षेत्रका योजना पहिचानमा सहभागी गराउन आग्रह गरे।

चालु आवमा १४ खर्बको राजस्वको अनुमान गरिएकामा हालसम्म अहिलेसम्म साढे नौ खर्ब पनि नउठेकाले पपुलिष्ट बजेट नल्याउन पनि उनले सुझाव दिए।

बजेट निर्माणमा कर्मचारीको हालीमुहाली छ भन्ने चर्चा अहिले आएकाले यस्तो हुने वातावरण नबनाउन पनि उनले माग गरे। सांसद सूर्यप्रसाद ढकालले नेपाली युवालाई विदेश नपठाई स्वदेशमै उत्पादनमा लगाउनेगरी बजेटको व्यवस्था गराउनुपर्ने माग गरे।

कृषिप्रधान देश नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनेगरी बजेट आउनुपर्ने माग पनि उनको छ। सांसद रामकृष्ण यादवले नागरिकको अपेक्षाअनुसार सरकारको गति अघि बढ्नुपर्नेमा जोड दिए।

संसद् र सांसदको क्षमता एवं मूल्यमान्यता बढाउनुपर्ने भन्नुहुँदै उनले कृषि क्षेत्रमा बिचौलियालाई निरुत्साहित गर्नेगरी बजेट ल्याउन माग गरे।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP