काठमाडौं : परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन्।
टोकियोमा भोलिदेखि सुरु हुने ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्तता सम्बन्धी सम्मेलनमा सहभागी हुन उनी गएराति जापान प्रस्थान गरेकी हुन्।
एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल) द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहने छ।
जापानमा रहँदा उनले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनी आगामी शनिबार स्वदेश फर्कने कार्यतालिका छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया