Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

‘जनता सचेत भएका छन्, अब भाषण गरेर झुक्याउन सकिँदैन’

 

काठमाडौं : नेपाली कांग्रेस नेत्री विष्णुदेवी पुडासैनीले राजनीतिक सहमति र सहकार्यमा संविधान निर्माणमा भएजस्तै कार्यान्वयनमा पनि एकजुट हुन राजनीतिक दललाई आग्रह गरेकी छिन्।

नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाल महिला संघ काठमाडौं जिल्ला अध्यक्षसमेत रहेकी राष्ट्रिय सभा सदस्य पुडासैनीले महिला-महिलाबीच मात्र प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्र छुट्याउन पनि माग गरिन्। उनीसँग गरिएको कुराकानीको सम्पादित अंश-

संविधान निर्माणमा जति उत्साह थियो, कार्यान्वयनमा भने त्यो नभएको हो कि भन्ने लागेको छ। संविधान बनाउँदा जस्तै कार्यान्वयनमा पनि एकजुट हुन जरुरी छ। संविधान निर्माण भएको १० वर्ष पूरा हुन लागेको छ, यसबीचमा भएका कयौँ अभ्यासले संशोधन पनि अति आवश्यक भएको छ। संसदमा भएका सबै दलको सहमतिका आधारमा संशोधन गर्नुपर्छ। जनता र देशहितका पक्षमा संशोधन हुनुपर्छ। तर हामी कताकता अलमलिएको जस्तो लागेको छ। निर्वाचन खर्चिलो भएकाले निर्वाचनका विषयमा पनि संविधान संशोधन गर्नुपर्ने छ। संविधानको मर्म र भावनाअनुरूप संसदमा महिलाको सहभागिता बढाउन पर्ने छभने सरकारमा पनि सहभागिता कमजोर छ। न्यायालयमा पनि महिला सहभागिता कमजोर नै छ।

निजामती क्षेत्रमा पनि जति महिलाको सहभागिता हुनुपर्ने हो, त्यति हुनसकेको छैन। मैले अहिलेदेखि होइन, धेरै पहिलादेखि नै सबै राजनीतिक पार्टीले महिला–महिलाबीच प्रतिस्र्धा हुनेगरी निर्वाचन क्षेत्र दिनुपर्छ भन्दै आएको छु। महिलाको लागि समानुपातिक होइन, प्रत्यक्ष निर्वाचनको निम्ति छुट्टै निर्वाचन क्षेत्र तोकिनुपर्छ। यसो गर्दा जुन पार्टीले जिते पनि महिलाले जित्छ। तर अहिले महिलाले पुरुषसँग प्रतिस्पर्धा गरेर चुनाव जित्न गाह्रो छ। यसै पनि महिला आर्थिक रूपमा कमजोर छन् अनि निर्वाचन प्रचारप्रसार आफैँमा महँगो बन्दै गएको छ।

त्यसैगरी, महिला हिंसाको अन्त्य गर्ने विषयमा हाम्रो कानून कार्यान्वयन नै फितलो छ। महिलामाथि हुने हिंसाका विषयमा पनि कानून कमजोर छ। अलि कडा कानून बनाएर कार्यान्वयन गरेको खण्डमा महिला हिंसा केही हदसम्म कम हन्छ कि भन्ने मेरो विश्वास छ। कानून कार्यान्वयन कमजोर हुँदा थोरै सजाय हुने व्यवस्था छ। अर्को कुरा, महिलामा सचेतनाका कार्यक्रम भएको छैन कि जस्तो लागेको छ। यो कार्यक्रम वडादेखि नै शुरु हुनुपर्छ। महिलाको आत्मसुरक्षासम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्न जरुरी छ। महिलालाई आर्थिक रूपमा पनि बलियो बनाउनुपर्छ।

आर्थिक रूपमा महिला समक्ष भएपछि मात्र अरु कुरामा समानता हुन्छ। सरकारले महिलाका निम्ति आत्मनिर्भर हुने कार्यक्रम ल्याउनुपर्छ। महिलाका विषयलाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्छ। आम्दानीको स्रोत कम हुँदा आफ्ना दाजुभाइ वा श्रीमानसँग निर्भर हुनुपर्ने अवस्था उनीहरूको छ।

देशमा राजनीतिक परिवर्तन भयो। नयाँ संविधान पनि आयो। तर जनताको अवस्था अझै राम्रोसँग परिवर्तन हुनसकेको छैन। व्यवस्थाअनुसार जनताले सुविधा पाउन सकेका छैनन्। हामीले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने भनेका छौँ। तर अधिकार जति सबै सिंहदरबारमा केन्द्रित छ। गाउँका समस्या अझै सुल्झिएको छैन। जनताको अवस्थामा परिवर्तन ल्याउनका लागि पनि सबै राजनीतिक दल गम्भीर भएर लाग्नुपर्ने देखिन्छ। त्यसका लागि प्रमुख शक्ति राजनीतिक दलहरू मिल्नुपर्ने देखिन्छ। यसका लागि शीर्ष नेताको भूमिका महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ।

युवाको सवालमा सरकारले पढ्दै कमाउँदै भन्ने नीति तथा कार्यक्रम ल्याएको छ। तर उनीहरूलाई व्यावहारिक रूपमै काम गर्ने वातावरण दिनुपर्छ। नीति तथा कार्यक्रममा भनेर मात्र हुँदैन। यो कुरा यसअघिका सरकारले पनि भन्दै आएका हुन्। खै त कार्यान्वयन भएको। त्यसैले सरकारको नीति तथा कार्यक्रम, बजेट वा राजनीतिक दलको भाषणभन्दा पनि व्यावहारिक पाटो महत्त्वपूर्ण हो। अब जनता सचेत भएका छन्। नेताले गफ लगाएको जनताले राम्रोसँग बुझ्ने भएका छन्। अब एकछिन भाषण गरेर जनतालाई झुक्याउन सकिँदैन।

हाम्रा खेतबारी बाँझा छन्। हामीले हरेक सामान विदेशबाट आयात गरिरहेका छौँ। युवालाई कृषिमा रुचि हुने खालको कार्यक्रम सरकारले ल्याउनुपर्छ। राजनीतिज्ञको मूल स्रोत भनेका नै जनता हुन्। जनताले नेताले गरेका काम राम्रा वा नराम्रा भन्न सक्नुपर्छ। सही नेतृत्व जनताले आफैँले चुन्न सक्नुपर्छ। आफू निर्वाचित प्रदेश र स्थानीय तहमा गएर आफ्ना मतदाताका समस्यालाई समाधान गर्ने भन्ने राष्ट्रियसभाको योजना नै छ। अब हामी छिट्टै त्यो काम गर्दैछौँ। अहिले पनि मलाई निर्वाचित गराउनुहुने प्रदेशसभाका सांसद, पालिका प्रमुख र उपप्रमुखलाई भेटेर उहाँहरूको समस्यालाई संसदमा राख्दै आएकी छु।

म आउनुभन्दा पहिला राष्ट्रिय सभा त्यति सक्रिय छैन कि भन्ने लागेको थियो। तर मैले सोचेको जस्तो रहेन छ। यो सभा पनि सक्रिय छ। कानून निर्माणको सवालमा होस् वा जनताका विषयवस्तुलाई सदनमा उठाउने सवालमा। राष्ट्रियसभा राष्ट्रको एउटा ठूलो संस्था हो। राष्ट्रिय सभाको सदस्य भएको एक वर्षको यो अवधिमा धेरै कानून पारित भएका छन्। म अहिले विधायन व्यवस्थापन समितिमा पनि छु। हामीले कुनै पनि विधेयकलाई समितिमा रोकेर राखेका छैनौँ।

जतिसक्दो चाँडो छलफलबाट टुङ्गो लगाएर पास गर्दै आएका छौँ। हामीले संसद्को शून्य समय, विशेष समय, आकस्मिक र प्रादेशिक समयमा सबै जनताका सवालमा मात्र उठाउँदै आएका छौँ। दिएका सुझाव र उठाइएका विषय कुनै पनि सरकारले चासो दिएर कार्यान्वयन गर्दैन। तथापि, सदनमा उठाइएका विषयलाई भने सरकारका मन्त्री उपस्थित भएर जवाफ दिने गर्नुभएको छ।  थाहा खबर

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP