Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

गभर्नर सिफारिस समितिको बैठक बस्दै, लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने

 

काठमाडौं : लामो समयदेखि गिजोलिएको राष्ट्र बैँकको गभर्नर नियुक्ति प्रक्रियाले आज निकास पाउने देखिएको छ।

गभर्नर सिफारिस समितिको बैठक झण्डै दुई महिनापछि आजका लागि बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलपछि समितिको बैठक बोलाइएको हो। गत चैत १० गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित समितिको बैठक अहिलेसम्म एकपटक पनि बसेको छैन।

समितिको बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो। त्यसपछि आजै अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ।

यसअघि सोमबारै बस्नुपर्ने मन्त्रिपरिषद्को नियमित बैठक गभर्नरमा सहमति जुट्न नसक्दा स्थगित भएको थियो। कांग्रेसले गभर्नरमा डा.विश्व पौडेललाई अघि सारेको छ। तर उनीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि मंगलबार सुनुवाई हुँदैछ। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP