Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

जलवायु परिवर्तन : प्रवासी चराको बसाइँसराइ प्रभावित बन्दै

 

 

एजेन्सी : चराहरू सधैं मानिसका लागि प्रेरणाको स्रोत बनेका छन् । हवाइजहाजहरू पनि कहीँ न कहीँ चराबाट प्रेरित रहेको मानिन्छ । मान्छे उड्न मात्र नभई धेरै सन्दर्भ चराबाट प्रेरित छन् ।

वर्षमा दुईपटक, भालु र लोखर्के जस्ता जनावर जाडोमा शीत निद्रामा जाने तयारी गरिरहेका हुन्छन् र त्यसपछि वसन्तमा त्यसबाट बाहिर निस्कँदा प्रवासी चराहरू जमिन र समुद्र पार गरेर लामो यात्रामा अगाडि बढ्छन् । प्रकृतिको सन्तुलन कायम राख्न प्रवासी चराहरूले महत्वपूर्ण भूमिका खेल्छन्। तिनीहरू जताततै उड्छन्, परागकण गर्ने बिरुवाहरूको बिउ फैलाउँछन् र कीराहरू खाएर तिनीहरूको संख्या नियन्त्रण गर्छन्। यसले पारिस्थितिकीय प्रणालीलाई स्वस्थ राख्छ र खाद्य सुरक्षा सुनिश्चित गर्न मद्दत गर्ने विज्ञहरु बताउँछन्।

वन्यजन्तु विशेषज्ञ एवं प्रवासी प्रजातिहरुको संरक्षणमा काम गर्ने संयुक्त राष्ट्रसंघीय अधिकारी फ्रान्सिस्को रिला प्रवासी चराहरूले जैविक संकेतकको रुपमा काम गर्ने बताउँछिन् । ‘यसको अर्थ यी चराहरू प्रदूषित ठाउँबाट टाढा रहन्छन्। त्यसैले हामीलाई तिनीहरूको आवाजबाट पानी र हावाको गुणस्तरको बारेमा धेरै महत्वपूर्ण जानकारी प्राप्त हुन्छ’‚ रिलाले भनिन् ।

पृथ्वीको अर्को छेउमा पुगेर फर्कदा
शरद ऋतुमा जब दिन छोटो हुन थाल्छन्, चराहरूले खानाको अभाव हुन लागेको बुझ्न थाल्छन्। यसबाट उनीहरुले दक्षिणतिर उड्नुपर्ने संकेत पाउँछन्। साना आर्कटिक टर्न जस्ता केही चरा जाडोमा अँध्यारो, चिसो आर्कटिक क्षेत्र छोडेर सिधै अन्टार्कटिकतर्फ उड्छन्। तिनीहरूले लगभग ९०,००० किलोमिटर कुल यात्रा गर्छन्। यो यात्रालाई सबैभन्दा लामो प्रवास यात्रा मानिन्छ।

यी बाहेक, बार–टेल गँड विटलाई पनि प्रवास यात्राको च्याम्पियन मानिन्छ । ती चरा अमेरिकाको अलास्का राज्यबाट अष्ट्रेलियाको तास्मानिया टापुसम्म उड्छन्। मात्र पाँच महिनाको एउटा गडविटले नरोकिइकन सबैभन्दा लामो उडानको लागि गिनिज रेकर्ड बनाएको छ। उसले केवल ११ दिन १ घण्टामा १३,५६० किलोमिटरको दूरी तय गर्न सफल भएको थियो ।

बार–टेल गडविटले अलास्कामा दुई महिनासम्म खाना खाएर लामो उडानका लागि आफ्नो शरीरलाई तयार गर्छन् । शरीरमा बोसो जम्मा गर्न ठाउँ बनाउन उसले आफ्ना केही आन्तरिक अंगलाई सानो बनाउँछ। यद्यपि, जलवायु परिवर्तनका कारण, केही प्रजातिहरूलाई यति लामो उडान गर्न गाह्रो हुँदै गइरहेको विशेषज्ञहरूले बताएका छन्

मानव गतिविधिको प्रवासी चराहरूमा प्रभाव

प्रवासी चराहरूले आफ्नो यात्राको क्रममा दिशा पत्ता लगाउन सूर्य, तारा, समुद्र तट र ठूला पानीका निकायहरूको प्रयोग गर्छन्। तर समुद्रको सतह बढेका कारण बाढीले उनीहरू आराम गर्ने र खाना सङ्कलन गर्ने तटीय क्षेत्र प्रभावित भइरहेका छन् ।

यसका साथै साना समुद्री जीवहरू (क्रस्टेशियनहरू), प्रवासी चराहरूका लागि खानाको महत्वपूर्ण स्रोत हुन् । तिनीहरु समुद्र बढी अम्लीय हुँदै गएकाले आफ्नो खोल र कंकाल राम्रोसँग निर्माण गर्न सकिरहेका छैनन्, जसले प्रत्यक्ष रूपमा प्रवासी चराहरूलाई असर गरेको छ। पर्याप्त खाना नपाउँदा, तिनीहरू लामो र कठिन यात्रामा मर्न सक्छन् या सफलता पूर्वक प्रजनन गर्न अक्षम हुनेछन् ।

मानिसहरू जस्तै, चराहरू अब बढ्दो आँधी बेहरी जस्ता चरम मौसमी घटनाहरूबाट लगातार प्रभावित भइरहेका छन् । तीब्र हावाका कारण, तिनीहरू तल झर्न सक्छन् भने मर्ने खतरा पनि हुन्छ ।

यसका साथै जलवायु परिवर्तनले उनीहरूको व्यवहारलाई पनि असर गर्ने विशेषज्ञ बताउँछन् । तापमान वृद्धिका कारण, खानाको अभावमा आफ्नो यात्रा छोट्याउने चरा आफ्नो घर नफर्कन पनि सक्छन् । जसका कारण, खानाको लागि प्रवासी चरा र स्थानीय जनावरहरूबीच द्वन्द्व समेत बढ्छ ।

आर्कटिक टर्न जस्ता केही चराले तीव्र गतिको हावा सहनलाई निकै एर्जा खर्च गर्छन् तर केही यस्ता प्रजातिका चरा पनि छन् जसले हावाको तीव्र दबाब सहन सक्दैनन्। यस्तै एउटा चरा स्लेन्डर–बिल्ड कर्ल्यू थियो, जसलाई २०२४ मा लोप भएको घोषणा गरियो । यो प्रजातिको चराले आफ्नै बासस्थानको विनाशलाई अनुकूलन गर्न नसकेको वैज्ञानिकहरू ठान्छन् ।

प्रवासी चराको यात्रामा मद्दत कसरी गर्ने ?

मानिसहरूले प्रायः चराहरूलाई खुवाउँछन्, तर यसरी प्रवासी चराहरूलाई खुवाउनु हानि कारक हुन सक्ने विज्ञ फ्रान्सिस्को रिलाको भनाइ छ । आफ्नो आवश्यक पोषक तत्वयुक्त खाना खान पनि नसक्ने गरी उनीहरुले मान्छेका लागि बनाइएका बीजहरुबाटै पेट भर्न सक्छन् । यस्तैगरी खुला ठाउँमा खाना राखियो भने चराको सिकारको जोखिम पनि बढ्न सक्छ।

प्रवासी चराको सहयोगका लागि, संरक्षित क्षेत्रहरूको दायरा बढाउनुपर्ने रिलाको सुझाव छ । संयुक्त राष्ट्रसंघ पनि पर्यावरण कार्यक्रम पनि संरक्षित क्षेत्र अझै बढाउनुपर्नेमा सहमत रहेको छ। यही मे १० मा मनाइएको वर्ल्ड माइग्रेटरी बर्ड डे (विश्व प्रवासी पक्षी दिवस) ले मान्छे र चराबीचको सह अस्तित्वको अवधारणालाई प्रवर्द्धन गर्न जोड दिएको छ।

‘यदि प्रवासी चराहरू बिस्तारै हराउन थाले भने, यसले कृषि र खाद्य श्रृंखला लाई पनि असर गर्नेछ, रिला भन्छिन्, ‘उनीहरूलाई केही नराम्रो भयो भने, हामीलाई पनि त्यस्तै हुनेछ ।’ थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP