Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक

 

जनकपुरधाम : नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशको रूपमा सबैभन्दा ठूलो समस्या र चुनौती लागुऔषध रहेको बताएका छन्।

गृह मन्त्रालय र मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजना शुक्रबार जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समुदघाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। सडक र सवारी दुर्घटना, आत्महत्या र साइबर क्राइम सबै अपराधको जड लागुऔषध रहेको बताए।

सीमा क्षेत्रमा बढ्दै गएको अपराध नियन्त्रणमा लाग्न सुरक्षानिकायलाई निर्देशन समेत दिए।

मधेशका आठवटै जिल्लाको भूगोल, परिवेश, बोलीभाषा एकनास भएकाले अपराध नियन्त्रण र शान्ति सुरक्षा बहालीका लागि सहज हुने उल्लेख गरे।

नेपाल भौगोलिक रूपमा जतिवेला पनि विपद्‌को जोखिममा रहेकाले त्यसै अनुसारको सुरक्षाको योजना अपरिहार्य रहेको जानकारी गराए।

मधेशका मुख्यमन्त्री सतीशकुमार सिंह र गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश सरकारको मातहत प्रहरी प्रशासन ल्याउन ढिलाइ भइरहेको प्रति ध्यानाकर्षण गराउँदै त्रिपाल र झोपडीमा सुरक्षाकर्मी बसेर सेवा प्रदान गरिरहेकोतर्फ ध्यान दिन संघीय सरकारलाई आग्रह गरे।

प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेशभर प्रहरीका लागि बस्ने भौतिक संरचनाको अभाव रहेको गुनासो गरे।

सप्तरीदेखि पर्सासम्म प्रहरी बस्ने भौतिक संरचनाको अभाव रहेकाले संघीय सरकारले सहयोग गर्नुपर्ने बताए।

गोष्ठीमा नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, बर्दिवासस्थित मध्यपूर्वी पृतनाका पृतनापति कृष्णबहादुर जिसी लगायत आठवटै जिल्लाका सुरक्षा र प्रशासनका प्रमुखहरूको उपस्थिति छ।      थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP