Trending
flash सन्तरामको आँगनमा फक्रिएको शिक्षा flash मनसुनसहित तीन वायु थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना  flash रक्त बेचविखनको विरोधमा स्वयंसेवी आवाज flash भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो अन्तर्राष्ट्रिय कंगोमा डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु राजनीति प्रचण्डले भने : जनार्दनलाई पार्टी छोड्न भनेको छैन राजनीति शिक्षा मन्त्रालयको प्रस्ताव : एसईई नहटाऔं, तर प्रदेशबाट सञ्चालन गराैं राजनीति कानून नबन्दा १७ हजार विद्यालय बन्द हुने अवस्थामा : चन्द्र भण्डारी शिक्षा कामपाको ‘विवाद’ सुल्झिदै : कहिले, कस्तो आउला नीति तथा कार्यक्रम र बजेट ? राजनीति पत्रकारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्नु दुःखद : सांसद रिजाल

लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक

 

जनकपुरधाम : नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशको रूपमा सबैभन्दा ठूलो समस्या र चुनौती लागुऔषध रहेको बताएका छन्।

गृह मन्त्रालय र मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजना शुक्रबार जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समुदघाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। सडक र सवारी दुर्घटना, आत्महत्या र साइबर क्राइम सबै अपराधको जड लागुऔषध रहेको बताए।

सीमा क्षेत्रमा बढ्दै गएको अपराध नियन्त्रणमा लाग्न सुरक्षानिकायलाई निर्देशन समेत दिए।

मधेशका आठवटै जिल्लाको भूगोल, परिवेश, बोलीभाषा एकनास भएकाले अपराध नियन्त्रण र शान्ति सुरक्षा बहालीका लागि सहज हुने उल्लेख गरे।

नेपाल भौगोलिक रूपमा जतिवेला पनि विपद्‌को जोखिममा रहेकाले त्यसै अनुसारको सुरक्षाको योजना अपरिहार्य रहेको जानकारी गराए।

मधेशका मुख्यमन्त्री सतीशकुमार सिंह र गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश सरकारको मातहत प्रहरी प्रशासन ल्याउन ढिलाइ भइरहेको प्रति ध्यानाकर्षण गराउँदै त्रिपाल र झोपडीमा सुरक्षाकर्मी बसेर सेवा प्रदान गरिरहेकोतर्फ ध्यान दिन संघीय सरकारलाई आग्रह गरे।

प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेशभर प्रहरीका लागि बस्ने भौतिक संरचनाको अभाव रहेको गुनासो गरे।

सप्तरीदेखि पर्सासम्म प्रहरी बस्ने भौतिक संरचनाको अभाव रहेकाले संघीय सरकारले सहयोग गर्नुपर्ने बताए।

गोष्ठीमा नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, बर्दिवासस्थित मध्यपूर्वी पृतनाका पृतनापति कृष्णबहादुर जिसी लगायत आठवटै जिल्लाका सुरक्षा र प्रशासनका प्रमुखहरूको उपस्थिति छ।      थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP