Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी

 

 

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकिएको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा केहीबेर अघि सुनुवाइ सकिएकाले आदेश लेखन भइरहेको अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार आजै आदेश हुनेगरी तयारी भइरहेको छ।

लामिछानेसँगै सहकारी ठगी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीको रिटमा पनि सोही इजलासमा सुनुवाइ भएको थियो।

आज जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र ‘आरसी’ गौतमले बहस गरेका थिए।

जाहेरवालाका कानुन व्यवसायीको बहसपछि वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीका तर्फबाट जवाफी बहस गरेका थिए।

उक्त रिटमाथि हिजो बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा लामिछाने र जोशी रुपन्देही कारागारमा पुर्पक्षका लागि थुनामा छन्। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP