काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विदेशी उद्देश्यको मतियार भएर तत्कालीन एमाले विभाजन गर्न भुमिका खेलेको आरोप लगाएका छन्।
आइतबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्।
अध्यक्ष दाहाललाई लक्षित गर्दै उनले एमालेलाई अविभाजित पार्टी रहन नदिन र नेपाललाई गरीखान नदिनको लागि विदेशी उद्देश्यको मतियार भएको टिप्पणी गरे।
उनले क्रान्तिको नाममा विदेशबाट हतियार ल्याएर नेपाली जनता र टाउकोमा पड्काएको आरोप समेत लगाए। उनले माओवादीले युद्धकालमा फालेका बमहरू पड्किएर अहिले पनि नागरिकले ज्यान गुमाउनु परिरहेको बताए।
प्रधानमन्त्री ओलीले विध्वंस मच्चाएको तत्वहरू वास्तवमा कम्युनिष्ट र वामपन्थी नभएको तर्क समेत गरे।
प्रधानमन्त्री ओलीले आफूहरूले कम्युनिष्ट भनेर पार्टी एकता गरे पछि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको समेत गरेका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया