Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

योजनामा सैन्य कारबाही तत्काल समाप्त गर्ने

 

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाका निम्ति नयाँ शान्ति योजनामा सहमति जनाएका छन्।

यसलाई स्वीकार गर्न उनीहरूले हमासलाई दबाब दिएका छन्। यो योजनामा सैन्य कारबाही तत्काल समाप्त गर्ने प्रस्ताव गरिएको छ। ​ प्रस्तावानुसार, हमासले हिरासतमा रहेका सयौँ गाजावासीको बदलामा जीवित रहेका २० इजरायली बन्धक रिहा गर्नुपर्नेछ।

मृत मानिएका दुई दर्जनभन्दा बढी बन्धकको अवशेष ७२ घण्टाभित्र उपलब्ध गराउनुपर्नेछ। वार्तामा संलग्न प्यालेस्टाइनी स्रोतले बीबीसीलाई बताएअनुसार, ह्वाइट हाउसले हमासका अधिकारीलाई २० बुँदे प्रस्ताव हस्तान्तरण गरेको छ।

प्रस्तावमा गाजाको शासनमा हमासको कुनै भूमिका नहुने उल्लेख छ। र, प्यालेस्टाइनी राज्यको विकल्पका निम्ति ढोका खुला राखिएको छ। ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले यो योजना शान्तिका निम्ति ऐतिहासिक कदम भएको बताए।

उनले हमासले योजना स्वीकार नगरे नेतान्याहूले जे गर्ने निर्णय गरे पनि अमेरिकाले उसलाई समर्थन गर्ने सुनाए। नेतान्याहूले पनि योजना अस्वीकार गरिए इजरायलले आवश्यक कदम चाल्ने चेतावनी दिए। बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मरले योजनाको स्वागत गर्दै सबै पक्षलाई अमेरिकी प्रशासनसँग मिलेर यसलाई अन्तिम रूप दिन र व्यवहारमा ल्याउन आह्वान गरे।

हमासले अब योजनामा सहमति जनाउनुपर्नेमा उनले जोड दिए। योजना कार्यान्वयनपछि पहिलो चरणमा २० जीवित इजरायली बन्धक र मृत मानिएकाका अवशेष जारीपछि इजरायलले हिरासतमा रहेका सयौँ गाजावासीलाई रिहा गर्नेछ।
प्रत्येक इजरायली बन्धकको अवशेषको बदलामा इजरायलले १५ मृत गाजावासीको अवशेष प्रदान गर्ने विषय पनि प्रस्तावमा समावेश छ। योजनाअनुसार, अन्ततः प्यालेस्टाइनी राज्यको सम्भावनालाई खुला राखिएको छ।
योजना दोहामा हमासका अधिकारीलाई हस्तान्तरण गरिएको छ। यसमा कतार र इजिप्टका अधिकारीले मध्यस्थता गरेका थिए।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP