काठमाडौँ: कास्कीका मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जीएमसी) अस्पतालमा कार्यरत नर्स एक सातादेखि आन्दोलित छन्। तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन गरिरहेका छन्। यस्तै असोज २७ गतेदेखि जिएमसीका नर्स आन्दोलनमा छन् ।
नेपाल सरकारले २०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवासुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । सरकारी मापदण्डअनुसार नर्सको न्यूनतम पाँचौँ तहको तलब ३४ हजार ७३० रूपैयाँ तोकिएको छ ।
मणिपाल र जीएमसीका नर्सहरुले आफूहरुले १२ हजारदेखि १५ हजारसम्म मात्रै तलब पाउने गुनासो गरेका छन्। अस्पतालले स्टाफ नर्सको रुपमा तोकेर राखेकाले स्टाफ नर्सलाई सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने उनीहरूको माग छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया