Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह

 

​काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन प्रबुद्ब वर्गसँग आग्रह गरेका छन् । शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगेका ११ नागरिक अगुवाहरूसँग उनले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गरेका हुन् ।

छलफलमा सहभागीहरूका अनुसार राष्ट्रपतिले दलहरूलाई आगामी २१ फागुनका लागि निर्धारण भएको निर्वाचनमा जानका लागि र सरकारलाई समयमै निर्वाचन गर्न तथा जनता र जेनजी पुस्ताको भवनाअनुसार सरकार सञ्चालन गर्न खबरदारी गरिदिन आग्रह गरेका हुन्।

छलफलमा सहभागी राजनीतिक विश्लेषक गेजा शर्मा वागलेले भनेका छन्, ‘फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गरी संविधानलाई ट्रयाकमा ल्याउन तथा जनता र जेनजी पुस्ताको भावनाअनुसार सरकार सञ्चालन गर्न सरकार र राजनीतिक दललाई खबरदारी गरी सकारात्मक वातावरण सिर्जना गर्नु नागरिक समाजको भूमिका भएको राष्ट्रपतिको विचार!’

छलफलमा सहभागीहरू सबैले आ-आफ्नो धारणा राखेका थिए । संकटको घडिमा राष्ट्रपतिबाट निर्वाह भएको भूमिकाको सह्राना गर्दै आगामी दिनमा पनि संविधानको दायरामा रहेर थप प्रभावकारी भूमिका निर्वाहका लागि आफूहरूले अपेक्षा गरेको बौद्धिक समुदायका अगुवाहरूको भनाइ थियो ।

राष्ट्रपति पौडेलले छलफलका लागि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, राजनीतिशास्त्रीहरू लोकराज बराल, कृष्ण खनालसँगै हरि शर्मा, गेजा शर्मा वाग्ले, इन्द्र अधिकारी, मुमाराम खनाल, केशव दाहाल, तुलानारायण साह, कसमस विश्वकर्मा र उद्धव प्याकुरेल शीतलनिवास पुगेका थिएश्र    थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP