Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

राष्ट्रिय क्रिकेट प्रतियोगिता बन्द गर्न सरकारसमक्ष सिफारिस

 

काठमाडौं : काठमाडौं त्रिभुवन विश्वविद्यालय(त्रिवि) जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले त्रिवि क्रिकेट रंगशालामा अन्तराष्ट्रिय तथा राष्ट्रिय क्रिकेट प्रतियोगिता बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ। समितिले क्रिकेट रंगशाला विश्वविद्यालय क्याम्पस परिसरभित्र रहँदा अध्ययन, अनुसन्धान तथा दैनिक कार्यसम्पादनमा कठिनाई भएको भन्दै त्यस्ता प्रतियोगिता बन्द गर्न सिफारिस गरेको हो।

समितिले सरकारलाई त्रिवि कीर्तिपुर परिसरलाई शान्त र सौम्य वातावरणमा शैक्षिक एवं प्राज्ञिक कार्य सञ्चालन र व्यवस्थापन गर्नुपर्ने हुँदा त्यस प्रकारको अन्तर्राष्ट्रिय वा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न बन्देज लगाउन आवश्यक व्यवस्था गर्नू भनेको छ।

समितिले दिएको सुझाव तथा सिफारिसमा भनिएको छ,‘त्रिवि विश्वविद्यालय क्याम्पस परिसरभित्र सामान्य स्तरको विश्वविद्यालयका विद्यार्थीहरू मात्र खेलकुद गर्ने रंगशाला हुनु उचित नै देखिने तर सो बाहेकका राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिता हुने वा हुनसक्ने क्रिकेट रंगशाला, कभर्डहल तथा फुटबल रंगशालामा सञ्चालन हुने कार्यक्रमहरूले त्रिविको शैक्षिक प्राज्ञिक वातावरणलाई शान्त र सौम्य राख्न नसक्ने समितिको निष्कर्ष भएकाले ती कार्यहरू त्यहाँ नराखी हटाउनुपर्ने, त्यस प्रकारको अन्तर्राष्ट्रिय वा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न त्रिविको स्वीकृतीमा हुने व्यवस्था गर्ने अन्यथा बन्देज लगाउन आवश्यक व्यवस्था सहितको निर्णय गरिदिनुपर्ने।’

यस्ता प्रतियोगिता बन्द गर्न माग उठिरहेको बेला झनै उक्त रंगशाला मर्मत गरेर व्यवस्थित गर्ने कार्य भइरहेको छ। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP