Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

नेपालले दुई वटा हात्ती कतारलाई उपहार

 

 

नवलपरासी — अबको एक महिनामा चितवन  निकुञ्जमा रहेका एक जोडी हात्ती चार्टर विमानवाट कतार पठाइने भएको छ । राष्ट्रिय निकुञ्ज विभागले यसका लागि सबै तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिएको छ ।

 

 

छुट्टाछुट्टै निर्माण गरिएका फलामका खोरमा राखेर ती हात्ती चार्टर विमानमार्फत् भैरहवा विमानस्थलवाट कतार लगिने छ । हात्ती राख्न चितवन निकुञ्जमा एउटा फलामे खोर निर्माण भइसकेको छ । अर्को निर्माणाधीन अवस्थामा छ ।

निकुञ्ज विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार दुई वर्षअघि नेपाल–कतार सरकारबीच भएको सम्झौता अनुसार नेपालले दुई वटा हात्ती कतारलाई उपहार दिन लागेको हो । हात्ती लैजाने सबै खर्च कतार सरकारले व्यहोर्नेछ ।

कतार लैजान लागिएका खगेन्द्र प्रसाद (भाले) र रुद्रकली (पोथी) हात्ती करिब ६ वर्ष उमेरका हुन् । हात्ती कतारको चिडियाखानामा निर्माण गरिएको एसीसहितका घरमा बस्ने व्यवस्था मिलाइएको छ ।

‘सामान्यतथा १३ वर्ष कटेपछि हात्तीमा प्रजनन क्षमता देखिन्छ । मान्छे र हात्तीको प्रजनन उमेर एउटै हो,’ आचार्यले भने । हात्तीसँगै जाने चितवन निकुन्जका २ जना माउते र एक पशु चिकित्सकसमेत एक महिनाका लागि कतारमा रहने छन् । उनीहरुले कतार चिडियाखानामा अबदेखि हात्ती स्याहार्ने माउतेलाई हात्तीको सबै आनीबानी सिकाएर फर्किने छन् ।

कतारको तापक्रम सामान्यतया ४५ डिग्री भन्दा माथि रहन्छ । हाल हात्ती हुर्कँदै गरेको चितवन निकुञ्जको मौसम सरहकै तापक्रममा त्यहा राख्ने व्यवस्था मिलाइएको छ । कतारको चिडियाखानामा हात्तीलाई खुवाउने घाँस भारत वा नेपालबाट जहाजमा लैजाने व्यवस्था पनि कतार सरकारले मिलाएको छ ।  वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP