Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार

 

 

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार गरेको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्यबाट राजीनामा दिएकी बुटवलकी सूशीला पुलामीमगर श्रम संस्कृति पार्टीको जिल्ला अध्यक्ष बनेकी छन् ।

 

उक्त पार्टीको जिल्ला समितिको उपाध्यक्ष केशव न्यौपाने, सचिव सुगम राई, कोषाध्यक्ष शिशिर घर्तिमगर र सहसचिवमा विमला कुँवर चयन भएको सचिव सुगम राईले जानकारी दिए ।

यस्तै उक्त पार्टीको बुटवल उपमहानगर समिति पनि चयन भएको छ । उपमहानगर अध्यक्षमा जेन जी पुस्ताबाट विजय विश्वकर्मा चयन भएको पार्टीले जनाएको छ ।

उपाध्यक्षमा बाघबहादुर बुढा,सचिवमा सुजन कुँवर, कोषाध्यक्षमा विराज श्रेष्ठ र सहसचिवमा शैलेन्द्र सुनार चयन भएका छन् ।

जिल्ला र नगर समितिमा बाँकी पदपूर्ति आवश्यकता अनुसार पछि गरिने उक्त पार्टीका तुलविर दर्लामी मगरले बताए ।

जिल्ला र नगर कार्यसमिति घोषणा सभापछि उनीहरुले बुटवल उपमहानगरपालिका ९ स्थित बसपार्क बाहिर सार्वजनिक स्थलमा सरसफाइ गरेका छन् ।

हर्क साम्पाङले घोषणा गरेको यो पार्टी निर्वाचन आयोगमा दर्ताकै प्रक्रियामा रहेको छ ।  वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP