Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह

 

​काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन प्रबुद्ब वर्गसँग आग्रह गरेका छन् । शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगेका ११ नागरिक अगुवाहरूसँग उनले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गरेका हुन् ।

छलफलमा सहभागीहरूका अनुसार राष्ट्रपतिले दलहरूलाई आगामी २१ फागुनका लागि निर्धारण भएको निर्वाचनमा जानका लागि र सरकारलाई समयमै निर्वाचन गर्न तथा जनता र जेनजी पुस्ताको भवनाअनुसार सरकार सञ्चालन गर्न खबरदारी गरिदिन आग्रह गरेका हुन्।

छलफलमा सहभागी राजनीतिक विश्लेषक गेजा शर्मा वागलेले भनेका छन्, ‘फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गरी संविधानलाई ट्रयाकमा ल्याउन तथा जनता र जेनजी पुस्ताको भावनाअनुसार सरकार सञ्चालन गर्न सरकार र राजनीतिक दललाई खबरदारी गरी सकारात्मक वातावरण सिर्जना गर्नु नागरिक समाजको भूमिका भएको राष्ट्रपतिको विचार!’

छलफलमा सहभागीहरू सबैले आ-आफ्नो धारणा राखेका थिए । संकटको घडिमा राष्ट्रपतिबाट निर्वाह भएको भूमिकाको सह्राना गर्दै आगामी दिनमा पनि संविधानको दायरामा रहेर थप प्रभावकारी भूमिका निर्वाहका लागि आफूहरूले अपेक्षा गरेको बौद्धिक समुदायका अगुवाहरूको भनाइ थियो ।

राष्ट्रपति पौडेलले छलफलका लागि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, राजनीतिशास्त्रीहरू लोकराज बराल, कृष्ण खनालसँगै हरि शर्मा, गेजा शर्मा वाग्ले, इन्द्र अधिकारी, मुमाराम खनाल, केशव दाहाल, तुलानारायण साह, कसमस विश्वकर्मा र उद्धव प्याकुरेल शीतलनिवास पुगेका थिएश्र    थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP