Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी

 

काठमाडाैं : यस वर्ष तिहारको मुखमा पनि टोपी व्यापार नभएको व्यापारीहरूले गुनासो गरेका छन् । जेन—जी आन्दोलनको तोडफोड, आगजनी र लुटपाटले समाजनै अस्तव्यस्त भइरहेका बेला आएको तिहारमा टोपीको व्यापार पनि खासै नभएको काठमाडौंका व्यापारीहरूले बताएका हुन् ।

पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी ज्योति मानन्धरले बताइन्। उनले राजनीतिले गर्दा आफूहरूको तिहारजस्तो चाडमा पनि व्यापार हुने अवस्था नरहेको दुखेसो पोखिन्।

तिहारमा दाजुभाइलाई उपहारको रुपमा दिने टोपीको अधिक व्यापार हुने गर्दछ । तर यस वर्ष त्यसको समेत व्यापार नभएकोमा व्यापारीहरू निराश छन् ।

व्यापारी मानन्धरले भनिन्, ‘यसपालि त्यति व्यापार छैन । पहिलाको जस्तो व्यापार छैन । राजनीतिले होला व्यापार नभएको । टोपी दाजुभाइलाई तिहारमा उपहार दिने चलन भएपनि व्यापार हुन सकेन ।’

 

आइतबार तिहारको पहिलो दिन हो । अझै २—३ दिन व्यापार हुनेमा भने उनीहरूका आशावादी छन् । नेपालमा तिहारलाई दोस्रो ठूलो चाडको रुपमा मनाउने गरिन्छ ।

सो पर्वमा दिदीबहिनीहरूले दाजुभाइको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै टोपीलगायतका उपचार दिने गर्दछन् भने दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने गर्दछन् ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP