कृष्णनगर, ९ कार्तिक ।
कपिलवस्तुकाे कृष्णनगरमा सूर्य उपासना र आस्थाको महान पर्व छठ पूजाकाे विशेष प्रसाद वितरण कार्यक्रम आयोजना गरिएको छ । कृष्णनगर नगरपालिका-१ सेमरा-पाेखरी छठघाटमा प्रसाद वितरण कार्यक्रमकाे आयाेजना गरिएको हाे ।
मंगलबार बिहान सुर्याेदय भएपछि छठघाटमा प्रसाद वितरण गरिनेछ । स्थानीय समाजसेवी ऋषभ अग्रवाल (कान्हा) र अरविन्द अग्रवाल (आशु) ले छठ पूजालाई अझै विशेष बनाउनका लागि प्रसाद वितरण कार्यक्रमकाे आयाेजना गरेका हुन् ।
छठ पर्वका अवसरमा पूजा-अर्चनका लागि आएका श्रद्धालु तथा भक्तजन लगायत सर्वसाधारण नगरबासीलाई स्वागत, वन्दन र अभिनन्दन सहित प्रसाद वितरण गरिने आयाेजकले जनाएका छन् ।
भक्तजनले सूर्य भगवानको आराधना गर्दै परिवार तथा समाजमा सुख, समृद्धि र स्वास्थ्यको कामना सहित छठ पर्व मनाइन्छ । साँस्कृतिक तथा धार्मिक महत्व बोकेको यो पर्वले समुदायबीच आपसी सद्भाव र एकताको सन्देश दिने आयोजकद्वयले विश्वास व्यक्त गरेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया