Trending
flash रामदास चाैधरी समर्थक समुहकाे आयाेजनामा चाडपर्वको शुभकामना साटासाट, सामाजिक सद्भावमा जोड flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा

रामदास चाैधरी समर्थक समुहकाे आयाेजनामा चाडपर्वको शुभकामना साटासाट, सामाजिक सद्भावमा जोड

कृष्णनगर, ३१ असाेज ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिका-८, सोनवर्षामा दशैँ, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । समाजसेवी राम दास चौधरीको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, समर्थक तथा शुभचिन्तकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले चाडपर्वले समाजमा आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका छन् । उनीहरूले चाडपर्वलाई सामाजिक सद्भाव र आपसी सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका आयोजक तथा समाजसेवी रामदास चौधरीले दशैँ, शुभ दिपावली तथा छठ पर्वले समाजमा आपसी प्रेम, सद्भाव र एकताको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले भने, “चाडपर्वले समाजमा आपसी भाइचारा, सद्भाव र सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेल्छन् । यस्ता कार्यक्रमले सबैलाई एकै ठाउँमा जोड्दै सामाजिक एकता मजबुत बनाउन सहयोग पुर्‍याउँछन्।”

चौधरीले कार्यक्रममा उपस्थित भई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति आभार व्यक्त गर्दै सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP