Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

एमाले पालिका अधिवेशनको तयारी पुरा, अधिवेशनका निम्ति २ हजार ६ सय ८४ बढी प्रतिनिधी सहभागि बन्दै

कपिलवस्तु। प्रथम राष्ट्रिय विधान महाधिवेशन सम्पन्न गरी आक्रामक रुपमा वडा, गाउँ, नगर अधिवेशनमा केन्द्रित रहेको एमालेले कात्तिक ९ गते सम्पन्न हुने गाउँ, नगर अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । कपिलवस्तु जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिकाका निम्ति २ हजार ६ सय ८४ जना प्रतिनिधी चयन गरेको एमाले जिल्ला संगठन विभागले जनाएको छ ।  

जिल्लाका ९६ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कपिलवस्तुले नगर, गाउँपालिकाको नेतृत्व पनि सर्वसम्मत चयन हुनेमा आफु विश्वस्त रहेको एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो । 

गाउँ, नगर अधिवेशनमा वाणगंगा नगरपालिकाबाट ४ सय २५ जना,  शिवराज नगरपालिकाबाट १ सय ५५ जना, महाराजगञ्ज नगरपालिकाबाट २ सय ५१ जना, कृष्णनगर नगरपालिकाबाट २ सय ४८ जना, बुद्धभूमि नगरपालिकाबाट ४ सय ५० जना, कपिलवस्तु नगरपालिकाबाट  ३ सय ५४ जना, शुद्धोधन गाउँपालिकाबाट २ सय २३ जना, विजयनगर गाउँपालिकाबाट ३ सय १७ जना, मायादेवी गाउँपालिकाबाट १ सय ५७ जना र यशोधरा गाउँपालिकाबाट १ सय ४ जना प्रतिनिधीले भाग लिने एमाले जिल्ला प्रचार विभाग कपिलवस्तुले जनाएको छ ।

 गाउँ नगर अधिवेशन सम्पन्न गर्नका निम्ति जिल्ला पार्टीले जिम्मेवारी समेत प्रदान गरेको जनाएको छ । गाउँ, नगर अधिवेशन सम्पन्न गर्नका निम्ति अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी प्रदान गरेको एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले बताउनु भएको छ ।

जस अन्तरर्गत वाणगंगा नगरपालिकाकाको संयोजकमा डम्मर शर्मा, शिवराज नगरपालिकाको संयोजकमा नेत्रराज अधिकारी, महाराजगञ्ज नगरपालिकाको संयोजकमा टेकराज पौडेल, कृष्णनगर नगरपालिकाको संयोजकमा शुशिल कुमार श्रीवास्तव बुद्धभूमि नगरपालिकाको संयोजकमा खुमप्रसाद आचार्य, कपिलवस्तु नगरपालिकाको संयोजकमा आजाद महमददर्जी, शुद्धोधन गाउँपालिकाको संयोजकमा विष्णु भण्डारी विजयनगर गाउँपालिकाको संयोजकमा मुस्ताफा मुसलवान, मायादेवी गाउँपालिकाको संयोजकमा द्रोणराज सुवेदी र यशोधरा गाउँपालिकाको संयोजकमा शान्तिदेवी चमारलाई तोकिएको एमाले कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP