Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

एमसीसीलाई चुनावपछि मात्रै अघि बढाउने गरी प्रस्ताव पठाउन प्रचण्डको आग्रह

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । सरकारी निवास बालुवाटारमै बोलाएर प्रधानमन्त्री देउवाले आज आइतवार ओली र प्रचण्डसँग छलफल गर्नुभएको हो । छलफलमा एमालेका महासचिव शंकर पोखरेल र कानुन मन्त्री दिलेन्द्र बडु पनि सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता पास गर्न प्रतिपक्षी दल एमालेले सहयोग गर्नुपर्ने धारणा राख्नुभएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । जवाफमा ओलीले पहिले संसद् चल्ने वातावरण बनाएर सम्झौता संसदमा पेस गर्न आग्रह गर्दै त्यसपछि मात्रै एमालेले धारणा बनाउने बताउनुभएको थियो । एमसीसीको बारेमा सत्ता पक्षकै दलहरू विभाजित भएको विषयमा एमालेको धारणा माग्नु नै गलत हुने ओलीको भनाइ थियो ।

यस्तै माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई अहिले थाँती राखेर चुनावपछि मात्रै यसलाई अघि बढाउने गरी प्रस्ताव गर्नुपर्ने धारणा राख्नुभएको पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP