काठमाडौं -अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्र लेखेको प्रति पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले विरोध गरेका छन् ।
उनले प्रचण्ड र देउवाको पत्रलाई ‘समर्पणपत्र’ को सङ्ख्या समेत दिएका छन् । ‘एउटा अमेरिकन सरकारी कोर्पोरेशनलाई नेपालका वर्तमान प्रधानमन्त्री र अर्का पूवूप्रधानमन्त्रीले पठाएको ‘समर्पण पत्र’ पढ्दा दु:ख लाग्यो’, लोहनीको टिप्पणी छ । यो पत्रपछि नेपालको कूटनीति अब पाताल पुगेको भान भएको उनको टिप्पणी छ ।
नेपाली नेतृत्वको मनस्थिति कति कमजोर र प्रतिक्रियावादी रहेछ भन्ने पत्रले स्पष्ट गरेको पनि लोहनीको भनाइ छ । देउवा र प्रचण्डले पठाएको पत्रले राजनीति तरङ्गित बनेको छ भने यसबारे पक्ष विपक्षमा बहस चर्किएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया