Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

चुनावको तयारीमा होमियो एमाले, प्रदेशस्तरीय प्रशिक्षण गर्दै

काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निर्वाचनको तयारीमा होमिएको छ। एमालेले चुनावको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ। 

महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका हुन्। 

सरकारले ०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रमको आयोजना गरेको एमालेले जनाएको छ। 

दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको छ।

प्रशिक्षणमा ​दसौँ राष्ट्रिय महाधिवेशन/विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माण राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषय, स्थानीय तहमा पाँच वर्ष उपलब्धी र अनुभव र स्थानीय तह निर्वाचनको तयारीमा राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरुको बिषयमा छलफल हुने भएकाे छ।

प्रशिक्षणमा प्रदेश कमिटीका इञ्चार्ज तथा सह इञ्चार्ज, प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुख, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज/सह इन्चार्ज, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारी, सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुख,​ एमालेबाट निर्वाचित जिसस प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख, एमालेबाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुख र पालिका पार्टी कमिटीका अध्यक्ष सहभागी हुने जनाएकाे छ।

प्रशिक्षणको समय, तालिका र स्थान

  • प्रदेश नं १– फागुन १– २, विराटनगर
  • मधेस प्रदेश– फागुन ३–४, जनकपुर
  • वागमती प्रदेश– फागुन ६–७, काठमाडौं
  • गण्डकी प्रदेश– फागुन ८–९, पोखरा
  • लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवल र दाङ
  • कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत
  • सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP