Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

कमल थापाले पार्टी छाेडे पनि केही असर पर्दैन : अध्यक्ष लिङ्देन

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताउनुभएको छ । आज बुधवारकाे कुराकानीमा अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरे पनि पार्टीको आउँदाे जीवनमा केही फरक नपर्ने बताउनुभएको हो । राप्रपा अझै दृढ, सङ्गठित र सशक्त रूपले अगाडि बढ्ने उहाँले बताउनुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो – ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुःखित त बनायो नै तर यो राप्रपाको जीवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भए पनि हाम्रो आउँदाे जीवनमा अगाडि बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ सङ्गठित र अझ सशक्त भएर अगाडि बढ्छौँ ।’

उहाँले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो । पार्टीलाई शक्तिमा रूपान्तरण गरेर अगाडि बढ्ने भन्दै उहाँले पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले त्यस प्रकारको काम नगर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘हामीले सबै साथीहरूलाई आह्वान पनि गरेका छौँ । र मलाई के विश्वास छ भने पार्टीका महत्त्वपूर्ण जिम्मेवारीमा रहनुभएका कसैले पनि यो खालका कामहरू गर्नुहुने छैन ।’

अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुनर्विचार गर्न आग्रह समेत गर्नुभएको छ । थापाको यस निर्णयले उहाँकै राजनीतिक भविष्यसमेत नरहेको भन्दै उहाँले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गर्नुभयो । 
निवर्तमान अध्यक्ष थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा उहाँले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले त्याे घटनालाई अनपेक्षित र अप्रत्याशित रूपमा लिएको उल्लेख गर्नुभयो । छलफलका क्रममा सँगै काम गर्ने समझदारी बनेको भए पनि थापाले पार्टी छोडेको उहाँले स्पष्ट पार्नुभयो । 

निवर्तमान अध्यक्ष थापाले राप्रपा छोड्न गरेको निर्णय उहाँको एकल निर्णय भएको अध्यक्ष लिङ्देनले बताउनुभयो । निवर्तमान अध्यक्ष थापाले हिजाे मङ्गलवार पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएकाे थियाे । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP