Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

अहिलेकै गठबन्धनले तीन वटै तहको चुनाव ‘कम्प्लिट’ गर्छ : मन्त्री पाैडेल

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको चुनाव सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दाबी गर्नु भएको छ ।

सत्तारुढ माओवादी केन्द्रका नेता समेत रहनुभएका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको चुनाव सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचीलाई अघि बढाएको पनि बताउनु भयो । शनिबार काठमाण्डौमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको चुनाव सम्पन्न हुनेबित्तिकै सरकारले संघ र प्रदेशको चुनावको मिति घोषणा गर्ने बताउनु भयो ।

‘अहिलेकै गठबन्धनले तीन वटै तहको चुनाव कम्प्लिट गर्छ र, यही गठबन्धनले एक वर्ष भित्रमा सबै चुनावहरु गरेर स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार चुनावको प्रक्रियाबाट नयाँ नबन्दासम्म सकुशल चुनाव गर्ने गरी यो गठबन्धनले आफ्नो कार्यसूची अघि बढाएको छ’ मन्त्री पौडेलले भन्नु भयो, ‘स्थानीय तहको चुनाव एकैपटक गर्ने घोषणा भइसकेको छ । अब सर्वोच्च अदालतले गरेको फैसलाको आधारमा संघ र प्रदेशको चुनावको मिति पनि स्थानीय तहको चुनाव सम्पन्न हुनेबित्तिकै घोषणा हुन्छ । यो एक वर्ष चुनावको वर्ष हुनेछ । हाम्रो पार्टी सकेसम्म गठबन्धनकै रुपमा चुनावको प्रतिस्पर्धामा जानेछ ।’

मन्त्री पौडेलले माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायमै राखेर चुनावमा जान चाहेको र गठबन्धन दलका शीर्ष नेताहरुबीच पनि यही सहमति भएको बताउनु भयो । यस्तै मन्त्री पौडेलले आफूले सार्वजनिक शिक्षालाई सवलीकरण गरेर अघि बढाउन जोड दिएको पनि बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP