Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा हुन्छ : शिक्षा सचिव कोइराला

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन्।
उनले करिब ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँमा भने जेठ ५ गते विद्यार्थीको हातमा पुस्तक पुग्ने बताएका हुन्।

वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि स्थानीय तहको निर्वाचनका कारण मतपत्र छाप्न प्राथमिकता दिनुपर्ने भएकाले पुस्तक छपाइलाई घटाएको उनले बताए।

​उनले बीचमा युक्रेनमा भएको युद्धका कारण सप्लायर्सले कागजलगायत अन्य सामान ल्याउन नसक्नुले पनि छपाइ केही ढिलो हुन गएको जानकारी दिए। समयमै पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पठाइएकाले समयमै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने उनको भनाइ छ। 

उनले भने, ‘वैशाखमा पुस्तक छाप्ने हाम्रो योजना थियो, वैशाख १ गतेबाट किताब वितरण गर्ने फाइनल स्टेजमा थियौँ, बीचमा युक्रेनमा भएको युद्धका कारण सप्लायर्सले सामान ल्याउन सकेनन्। कागज, निजी क्षेत्रले समेत कागजको अभावका कारण छाप्न नसक्ने अवस्था छैन भने यो सरकारी हो, टेण्डर गरेको हुन्छ। टेण्डर गरेको कारणले सप्लायर्सले सामान नै भेटेन।’

केही स्थानमा भने निर्वाचनका कारण अझै साता दिनसम्म पुस्तक पुग्न ढिला हुने उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP