Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

कांग्रेसले गृहमन्त्रीविरुद्ध आक्रमण गरिरहेको छ : अर्थमन्त्री पुन

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्।

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका अर्थमन्त्री पुनले कुनै पनि अभियोग पुष्टि नभई नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्नु सान्दर्भिक नभएको तर्कसमेत गरे।

शुक्रवार गृहमन्त्री लामिछाने सहकारी ठगीको मुद्दामा मुछिएको भन्दै कांग्रेसले नाराबाजी गर्दै सदन बैठक अवरुद्ध पारेको थियो।

संसद भवन परिसरमा सञ्चारकर्मीमाझ मन्त्री पुनले सत्ता समीकरण परिवर्तन हुने क्रम चलिरहनु सामान्य प्रक्रिया भए पनि त्यसैलाई लिएर कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेर गैरजिम्मेवार बन्न नहुने बताए।

उनले संयमपूर्वक सदन सञ्चालन गराउन र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल गराउन सहयोग गर्न पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई आग्रह गरे।

‘गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन। उहाँमाथि अभियोग लगाएर वा अनुसन्धान गरेर कुनै निकायले पुष्टि गरेर कुनै कारबाहीको सिफारिश गरेको वा यस्तै खालको विषय होइन। सत्ता परिवर्तन भएपछि गृहमन्त्रीमाथि अलिकति आक्रमण भएको छ‚’ मन्त्री पुनले भने, ‘जिम्मेवार राजनीतिक दल भएर छिट्टै प्रमुख प्रतिपक्षी दलका नेता साथीहरुले संसदलाई सुचारु गर्ने, विनियोजन बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई सुचारु गर्न सहयोग गर्नुहुन्छ भन्ने मेरो अनुरोध छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP