Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

तराईमा तस्करको सञ्जाल छैन : महानिरीक्षक अर्याल

काठमाडौँ : सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले तराईमा तस्करको सञ्जाल नभएको बताएका छन्।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक अर्यालले तराईमा तस्करको सञ्जाल नभएको बताएका हुन्। उनले कोही व्यक्ति विशेषले गरेको भए पनि सञ्जालकै रूपमा भने तस्करी नभएको बताए।

उनले त्यस्तो सञ्जाल भेटेमा तुरुन्तै काट्ने पनि बताए। उनले सीमामा सशस्त्र प्रहरीको पोष्ट राख्नका लागि जग्गा नै नदिइने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए। सरकारले राष्ट्रिय गौरवको आयोजनाकै रूपमा लिएर सिमानामा सशस्त्र प्रहरी बलको पोष्ट राख्नुपर्ने बताए।

महानिरीक्षक अर्यालले भने, ‘बोर्डर आउटपोष्ट रणनीतिक बिन्दुमा हुनुपर्छ। बोर्डरमा सशस्त्र प्रहरीलाई जग्गा दिने प्रवृत्ति कम भएको छ। त्यसका लागि हामीले जनताको मन पनि जित्नुपर्नेछ। सुरक्षा पनि दिनुपर्नेछ। सञ्जालको रूपमा तस्करी नभएको कुरा जिम्मा लिएरै अवगत गराउन चाहेँ। फेला परे सञ्जाललाई हामी तुरुन्तै काट्छौँ। त्यसका लागि समाज र त्यो ठाउँको राजनीतिक नेतृत्वले पनि सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु।’

उनले कानून व्यावहारिक हुन नसक्दा सर्वसाधारण कानुनी कारबाहीको दायरामा पर्ने गरेको बताए। उनले आफूहरूले व्यवहार हेरेरभन्दा पनि कानून हेरेर अघि बढ्नुपर्ने भन्दै व्यावहारिक कानून नहुँदा समस्या पर्ने गरेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP