Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

विपद् प्राधिकरणमा थुप्रिए कर्मचारी, जगेडाकालाई सरुवाको तयारी

 

२१ चैत, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा दरबन्दीभन्दा बढी कर्मचारी थुप्रिने क्रम बढेको छ । ३८ कर्मचारी रहेको प्राधिकरणमा ५० भन्दा बढी कर्मचारी कार्यरत छन् ।

काठमाडौं छाड्न नचाहाने कर्मचारीले सिंहदरबारभित्र बस्न प्राधिकरणमा काज मिलाएर हाजिर गर्ने गरेका छन् ।

गृह मन्त्रालयले सिंहदरबारमा काम नगरी बस्न जगेडमा बस्न खोज्नेहरुले प्राधिकरणलाई केन्द्र नै बनाएपछि निरुत्साहित गर्ने तयारी सुरु गरिसकेको बताएको छ ।

स्रोतका अनुसार ४ जना शाखा अधिकृतको दरबन्दी रहेको प्राधिकरणमा ११ जना शाखा अधिकृत छन् । अहिले सरुवा गरेर दरबन्दीअनुसार नै शाखा अधिकृतहरुको व्यवस्थापन गर्न लागिएको प्राधिकरण स्रोतले बतायो ।

२ जना उपसचिवको दरबन्दी रहेको प्राधिकरणमा ८ जना उपसचिवहरु छन् । अहिले मन्त्रालयले ४ जना उपसचिव कायम राखेर अन्यको सरुवा गर्न तयारी गरेको छ । अझै पनि प्राधिकरणमा ३ जना सहसचिवहरु छन् । जबकी प्राधिकरणमा २ जना मात्रै सहसचिवको दरबन्दी छ ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारयाणप्रसाद भट्टराई विपदका बेला थप कर्मचारी ल्याएर काम गर्न सकिने व्यवस्था भएकाले प्राधिकरणमा जाजरकोट भूकम्पपछि कर्मचारी धेरै राखिएको बताए । अब दरबन्दीभन्दा बढी कर्मचारी राख्नु आवश्यक नदेखिएको उनले बताए ।

‘तर, अहिले कामको चाप नभएकाले सचिवज्यूले जगेडा कर्मचारी सबै अन्यत्र खटाउन निर्देशन दिनुभएको छ,’ उनले भने,‘४ जना उपसचिव राखेर दरबन्दीभन्दा बढी कर्मचारीहरु अन्यत्र खटाउने तयारी हुँदैछ ।’ फेरि कुनै विपद परेमा उद्धार, राहत, समन्वयजस्ता कामका लागि थप जनशक्ति ल्याउन सकिने प्रवक्ता भट्टराईले बताए ।

विभिन्न सेवाप्रदायक निकाय र जिल्लास्तरको कार्यालयमा कर्मचारी अभाव भइरहँदा काठमाडौं बस्न चाहने कर्मचरीहरुले प्राधिकरणलाई अड्डा बनाउने गरेका छन् । विपदको कारण देखाएर प्राधिकरणले दरबन्दीभन्दा बढी कर्मचारी राख्दै आएको छ ।

तर, प्राधिकरणमा कामको खासै चाप नभएको बुझेपछि मन्त्रालयले कर्मचारीलाई अन्यत्र खटाउन तयारी थालेको दाबी गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP