Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

समानुपातिक प्रणालीलाई परिवर्तन गरेर मात्रै राजनीतिक स्थायित्व हुँदैन : नेता निधि

काठमाडौँ : नेपाली कांग्रेसका सांसद्‌ विमलेन्द्र निधिले निर्वाचन प्रणालीमा समानुपातिक प्रणालीलाई परिवर्तन गरेर मात्रै राजनीतिक स्थायित्व नआउने बताएका छन्।

काठमाडौँमा नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृतिसभामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले दुई पार्टी सिस्टम र निर्वाचन प्रणालीमा समानुपातिक प्रणालीलाई परिवर्तन गरेर राजनीतिक स्थायित्व आउँछ भन्ने कुरासँग आफू सहमत नरहेको बताए।

उनले संविधानमा संघीय, प्रदेश र स्थानीय तह एक अर्कासँग जोडिदिएकाले त्यसमा संशोधन गरेर नजोड्ने गरी अघि बढ्न जरुरी रहेको औँल्याए।

उनले सात वटै प्रदेशलाई प्रहरी संगठन दिनुपर्ने र कर्मचारी संगठन दिनुपर्ने आवश्यकता रहेको पनि बताए।

निर्वाचन प्रणालीमा संघको पहिला निर्वाचन गर्नुपर्ने त्यसपछि क्रमशः प्रदेश र स्थानीय तहको निर्वाचन हुनुपर्ने उनले बताए। उनले यसले राजनीतिक स्थिरता दिने पनि उल्लेख गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP