Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

जीबी राईलाई अघिल्लो सरकारले भगाएको हो : रवि लामिछाने

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा पक्राउ पुर्जी जारी भई फरार रहेका जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन्।

शनिबार बिहान चितवनमा पत्रकारसँग कुरा गर्दै लामिछानेले राई भाग्दा सरकारमा को थियो भनी प्रश्न गरेका हुन्। उनले राईलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए। ‘यत्रो समस्या आउँदाआउँदै भगाएको किन? भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएका हुनाले हरसम्भव कोशिश भइरहेको छ?’, उनले भने, ‘केही प्रक्रिया पूरा गर्नुपर्छ। हामी निरन्तर कोशिशमा छौँ।’

राईलाई नेपाल ल्याउन मलेसियाका गृहमन्त्रीसँगआफूले छलफल गरेको उनले बताए। यसका लागि थप राजनीतिक र कूटनीतिक पहल आवश्यक रहेको तर्क उनले गरे। उनले भागेका मान्छेको मात्र उदाहरण नदिन आग्रह गर्दै पक्राउ पर्ने क्रम पनि बढेको दाबी गरे।

टेलिभिजनमा कार्यक्रम प्रस्तोता रहेका वेला जीबी राईसँग सहकार्य गरेका र विभिन्न सहकारी ठगीमा समेत मुछिएका कारण अहिले गृहमन्त्री लामिछानेमाथि दबाब बढेको छ। राई लामिछानेकै संरक्षणमा रहेका आशंका पनि कतिपयले गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP