Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

राष्ट्रपति पौडेलअघि संसद् भवन पुगे ‘डमी राष्ट्रपति’

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सकारको आगामी वर्षको नीति तथा कार्यक्रम मंगलबार संसद्मा प्रस्तुत गर्दैछन्। दिउँसो ३ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति कार्यक्रम प्रस्तुत गर्न लागेका हुन्।

त्यसका लागि राष्ट्रपति पौडेल संसद् भवन पुग्नुअघि संसद् भवनमा राष्ट्रपति सवारीको रिहर्सल गरिएको छ। रिहर्सलका क्रममा राष्ट्रपतिको कार्यालयबाट प्रहरी स्कट्रिङसहित एकजना ‘डमी राष्ट्रपति’ बनेर संसद् भवन पुगेका थिए।

दौरा सुरुवाल लगाएर त्यहाँ पुगेका ‘डमी राष्ट्रपति’ रातो कार्पेटमा हिँडे भने सेनाको सलामी खाए। उनलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पुष्पगच्छा दिएर संसद् भवनमा स्वागत गरे।

त्यसपछि उनलाई सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त सदनको बैठक बस्ने कार्यकक्षमा लगे। ‘डमी राष्ट्रपति’ बनेका व्यक्ति राष्ट्रपति कार्यालयमै कार्यरत कर्मचारी रहेको बताइएको छ। विगत वर्षहरूमा पनि राष्ट्रपति सवारीको रिहर्सल गर्ने परम्पराबमोजिम मंगलबार पनि त्यस्तो रिहर्सल गरिएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP