काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रमपछिको कुनै पनि कार्यसूची अघि बढ्न नदिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भने संसद् अवरोध नगर्ने निर्णय कांग्रेसले गरिसकेको छ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति माग गर्दै आएको उसले त्यसपछिका कार्यसूची भने अघि बढ्न नदिने भएको हो। नीति कार्यक्रम प्रस्तुत सकिएपछि साँझ ६ बजे बस्ने दोस्रो बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावसहितका कार्यसूची छन्।
यस्तै विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पत्र र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची पनि छन्।
तर कांग्रेसको अवरोधका कारण यी कार्यसूची प्रभावित हुने देखिएका छन् भने नीति तथा कार्यक्रममाथिको छलफल पनि माग पुरा नभएसम्म कांग्रेसले चल्न नदिने भएको हो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया