Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

गणतन्त्र दिवस मनाउन मूल समारोह समिति गठन, माैलिक तरिकाले मनाउन प्रधानमन्त्रीकाे निर्देशन

काठमाण्डौ – सरकारले गणतन्त्र दिवस मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति’ गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको हो ।

समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाण्डौ महानगरका मेयर, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, ललितपुर महानगरका मेयर, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्की अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायतका रहनुहुनेछ ।

सरकारले २०६५ साल जेठ १५ गते घोषणा भएको गणतन्त्र स्थापनाको ऐतिहासिक दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ । यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म दिवस मनाउने निर्णय भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवस मौलिक एवम् रचनात्मक तरिकाले मनाउन निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP