Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

टिओआर टुंग्याउन बसेको बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौं : सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर) टुंग्याउन बसेको सत्ता र प्रतिपक्षी दलहरूको बैठक निष्कर्षविहीन भएको छ। टिओआरमा सहमति जुटे सदनको गतिरोध पनि हट्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै पक्षसँग सोमबार छुट्टाछुट्टै र संयुक्त रूपमा छलफल गरेका थिए।

कांग्रेस आफ्नाे अडानबाट पछि नहट्दा सहमति हुन नसकेको बैठकपछि एमाले उपाध्यक्ष विष्णु पाैडेलले जानकारी दिए। पछिल्लाे उसका गतिविधिबाट कांग्रेस सहमतिमा आउनै चाहेकाे छैन भन्ने देखिएकाे उनले बताए।

विपक्षी दलहरूले कार्यादेशमै सहकारी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्रीको नाम किटेर जानुपर्ने माग राखेका छन् भने त्यसका लागि सत्तारूढ दलहरू तयार छैनन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरू उठेका छन्। सहमति नभएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन कांग्रेसले दिउँसो १ बजे बैठक बोलाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP