काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जुन गतिमा विद्युत प्राधिकरणले आफ्नो गतिलाई बढाउनुपर्ने तर,त्यो हुन नसकेको बताएका छन्। आज(आइतबार)प्राधिकरणको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो गुनासाे गरेका हुन्।
उनले भने,‘जुन गतिमा विद्युत प्राधिकरणले आफ्नो गतिलाई बढाउनुपर्ने थियो‚ त्यो हुन सकेन,यसमा विभिन्न कुराको आवश्यकता,परिपूर्ति नभएको पनि हुनसक्छ।’
उनले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने जोड दिए। ‘यस संस्था मार्फत,निजी क्षेत्रसँग मिलेर उत्पादनलाई समयसापेक्ष काम गर्न सकेको छ,त्यसभित्र कमीकमजोरी होलान्,छन त्यसको सुधार र समय अनुकूल मुलुकको आवश्यकता अनुसार काम तपाई हामीले नै गर्ने हो,’ उनले भने। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया